कोरोना संक्रमणबाट प्रदेश १ मा थप १ पुरुषको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा थप १ पुरुषको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत झापा भद्रपुर नगरपालिका–१० का ८६ वर्षीय वृद्धको आज विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका वृद्धलाई सोमबार कोरोना पुष्टि भएको थियो । उनमा ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।
आजै बीपी प्रताष्ठान धरानमा पनि एक ५० वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।
आज प्रदेश १ मा दुुई जनाको मृत्युसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जसमध्ये १३ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ४५ जना रहेको मन्त्रालयले जाकारी दिएको छ ।









