दर्शनार्थीका लागि खुला गरियाे जानकी मन्दिर

धनुषा । लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ । लकडाउन शुरु भएसँगै बन्द गरिएको मन्दिर खुल्ला गरिएपछि सो क्षेत्रमा चहलपहल बढेको छ ।

मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायातमा आवात जावतमा कमी भएका कारण बाहिरका श्रद्धालु एवम् दर्शनार्थीको संख्यामा कमी देखिएको छ ।

मन्दिर खोलिएपछि दर्शनार्थीले समाजिक दूरी पालना, मास्क लगायतमा हेलचक्र्याइँ गरेको देखिएको छ । मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि सञ्चालनमा आएका छन् । मन्दिर आसपास भएका मिठाइ, फूल तथा अन्य सामग्रीका पसल सञ्चालनमा आएको छ ।

यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो । लकडाउनका कारण मन्दिर बन्द हुँदा यस पटकको राम नवमी, जानकी नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो ।

प्रतिक्रिया