नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ 

विराटनगर । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट टेलिकमको तार चोरी गर्ने ४ चार जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

असोज १ गते नेपाल टेलिकमबाट तार चोरी भएको सम्बन्धी पत्र आएसँगै खोज अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका ४ स्थित जमानुगाछीमा चेकजाँच गर्ने क्रममा टेलिकमको एक सय ५० पेयर, दुई सय २० मिटर केवल तारको. ९ प ४१५८ नम्बरको यामाहा कम्पनीको मोटरसाईकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार पक्राउ पर्नेमा विराटनगर ५ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी छन् । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया