महालक्ष्मी बैंकका ऋणीहरुलाई ब्याजमा १० प्रतिशत छुट

काठमाडाैं । महालक्ष्मी विकास बैंकका ऋणीहरुले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा उक्त बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले बैंकले छुट प्रदान गर्ने भएकाे हाे ।

ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएकाे छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा समेत घटाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत् सेवा प्रदान गरिरहेको उक्त बैंककाे ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको पनि बैंकले जनाएकाे छ ।

प्रतिक्रिया