यूनियन लाइफ इन्स्योरेन्स चौथो बर्षमा, आइपीओ पनि ल्याउँदै

काठमाडौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले कारोवार संचालन गरेको तेश्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णलले भने, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं ।” कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमासम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउदै आएको छ, भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पुंजी रहेको छ । सो जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

तेश्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ ।

 

 

 

 

 

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नयाँ बानेश्वर, १०, काठमाण्डौं
मितिः२०७७।०५।०६
बिषयः प्रेस विज्ञप्ती

यूनियन लाइफ चौथो बर्षमा

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमनकारी निकाय बीमा समितिबाट स्वीकृती प्राप्त गरी कारोवार संचालन गरेको आज मिति २०७५।०६।०४ गते एक बर्ष पुरा भएको छ । कम्पनीले सफलतापूर्वक एक बर्ष पुरा गरेको यो सुखद अवसरमा आज हामी कम्पनीको प्रथम बार्षिकोत्सब मनाउन गइरहेका छौं । यस अवसरमा कम्पनीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी मित्रहरु लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
कम्पनीको स्थापनाको एक बर्षको अवधिमा कम्पनीले प्राप्त गरेको सफलताले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ । नयाँ कम्पनी लिएर बीमा बजारमा प्रबेश गर्दा ब्यापक चुनौती भए पनि हामीले प्रष्ट लक्ष्य र ब्यवस्थित योजनाका साथ कार्य गरेको परिणाम कम्पनीले प्रगती गर्न हासिल गर्न सफल भएको छ ।
गत आ.व. २०७४।७५ मा कम्पनीले ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने आ.व. २०७५।७६ को श्रावण र भाद्र महिनामा करिब २२ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । हाल सम्म कम्पनीले जारी गरेको बीमालेख संख्या करिब ८२ हजार भन्दा बढि रहेको छ । कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख मुनाफा गर्न सफल भएको छ । आ.व. २०७४।७५ मा कम्पनीको जीवन बीमा कोष रु.३७.३० करोड रहेको छ । कम्पनीको समग्र आर्थिक परिसूचांक लाई मध्यनजर गर्दा कम्पनीको वित्तिय अवस्था मजबुत रहेको छ ।
नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढि शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका छन् थप कार्यालयहरु क्रमिक रुपमा संचालनमा आउने क्रममा छन् । उक्त कार्यालयहरुबाट बीमा सम्बन्धी सेवा सुविधा सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउदै आएका छौं ।
कम्पनीले बीमा ब्यावसाय प्रबर्धन संग सगै कम्पनीको आन्तरिक सुशासनका कामहरुलाई नियमित र ब्यवस्थित गरिरहेको छ । बीमा ऐन, नियम तथा नियामक निकाय बीमा समितिबाट जारी निर्देशन, परिपत्रहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्दे आएको छ । कम्पनीका काम कारवाहीहरुलाई विभागिय तवरले काम गर्ने ब्यवस्था मिलाईएकाले कम्पनीको आन्तरिक संरचना समेत ब्यवस्थित रहेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४।०१।२४ गते दर्ता भएको यस कम्पनीले बीमा समितिबाट मिति २०७४।०३।२० मा इजाजत प्रमाणपत्र प्राप्त गरेको थियो भने मिति २०७४।०६।०४ गते बीमा समितिबाट कारोवार संचालनको अनुमती प्राप्त गरेको हो ।
२ अर्ब १५ करोड जारी पूंजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाहरु रहेका छन् । जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् ।
कम्पनीको संचालक समितिमा अध्यक्ष श्री शुलभ अग्रवाल र संचालकहरुमा श्री शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहनु भएको छ भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहनु भएको छ । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।
कम्पनीले जीवन बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिनका लागि बीमा बजारको माग र आवश्यक्ता अनुसार नविनतम् बीमा योजनाहरु ल्याउने र कम्पनीलाई जीवन बीमा क्षेत्रको भरोसा योग्य कम्पनी बनाउने लक्ष्य लिएको छ ।

 

 

 

प्रतिक्रिया