सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई चेक हस्तान्तरण

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजारकाे चेक सहयाेग हस्तान्तरण गरेकाे छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई उक्त रकम हस्तान्तरण गरेकाे बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशीले जानकारी दिए । उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरेका थिए ।

बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेकाे छ ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया