नेपाली रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स’ काे सह–प्रायोजकमा भायानेट

काठमाडाैं । हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजकको रुपमा आबद्ध भएको छ ।

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् ।

सह–प्रायोजकको रुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया