एनएमबी बैंकको वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट कार्ड

काठमाडाैं । एनएमबि बैंकले बैंकको वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट कार्ड जारी गरेकाे छ । याेसँगै बैंकले फेरि पहिलो नेपाली बैंकको रुपमा प्राथमिकता तय गरेको छ ।

बैंकले एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गर्नेछ ।

यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै: व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिंग र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाका व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिनेछ ।

‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छाैँ कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा उहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’

प्रतिक्रिया