भारतमा एकैदिनमा ८६ हजार ९६१ संक्रमित, कुल संक्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । याेसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ ।

भारतमा कुल संक्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना संक्रमित अवस्थामै रहेका छन् । कूल संक्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।  प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना संक्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,संक्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ ।रासस

प्रतिक्रिया