रहेनन् कीर्तिमानी ‘हिम चितुवा’

काठमाडौं ।  ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।

नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार आङरिताको सामेबार (आज) बिहान १० बजे निधन भएको हो ।

उनका अनुसार आङरिताको निधन जोरपाटीस्थिति आफ्नो छोरीको घरमा भएको छ । शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट ग्रसित थिए ।

शेर्पाले १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका थिए ।

उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया