चितवनमा मकवानपुरकी कोरोना संक्रमित किशोरीको मृत्यु

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका १० बस्ने १७ वर्षीया किशाेरीकाे काेराेना संक्रमणबाट मृत्यु भएको हो ।

ज्वरो र खोकी लागेपछि भदौ २२ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी उनकाे भदौ २३ गते स्वाब लिइएकाे थियाे । २४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको हाे । उनको आइतबार दिउँसो ३:४५ बजेको समयमा मृत्यु भएको हो ।

यसअघि आइतबार नै चितवन जिल्ला कालिका नगरपालिका ५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । श्वारप्रश्वास र निमोनियाका कारण भदौ २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनीमा शनिबार कोरोना पुष्टि भएको थियो । उनकाे शनिबार बिहान ११:४४ बजे मृत्यु भएको हाे ।

प्रतिक्रिया