तपाईंको जिल्लामा आज कति संक्रमित थपिए, कतिको मृत्यु भयो ? (हेर्नुहोस् जिल्लागत विवरण)

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ४७ जिल्लामा एक हजार ३२५ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् भने ९६६ डिस्चार्ज र थप १० जनाकाे मृत्यु भएकाे छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, गोरखा, लमजुङ, बागलुङ, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, बाँके, प्युठान, पाल्पा, कालिकोट, सुर्खेत, अछाम, कैलाली,, बझाङ, उदयपुर, झापा, तेह्रथुम लगायतका जिल्लामा संक्रमित थपिएका हुन् ।

यस्तै धनुषामा एक पुरूष, काठमाडाैंमा तीन महिला र एक पुरूष, ललितपुर र भक्तपुरमा एक/एक जना महिला, चितवन र रूपन्देहीमा एक/एक पुरूष र पाल्पामा एक महिलाकाे मृत्यु भएकाे हाे ।

हेर्नुहाेस् मृत्यु, डिस्चार्ज र संक्रमितकाे जिल्लागत विवरण :

प्रतिक्रिया