नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न युएईलाई पर्यटनमन्त्रीकाे आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरब ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे । राजदुत नाक्बीले काठमाडौं-युएई उडान थप गर्न आग्रह गरेका थिए भने सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी गराएका थिए ।

प्रतिक्रिया