डिशहोमको दशैं अफर : प्रत्यक हप्ता २ जनालाई लक्की ड्र मार्फत १\१ लाख

काठमाडौं । डिशहोमले संचालन गरिरहेको डिलर दाईको डिस्काउन्ट नामक अफर वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

सो अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा हरेका हप्ता हुने लक्की ड्र मा सहभागी २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति १\’१ लाख नगद उपहार पाउने छन् ।

हरेक हप्ता हुने लक्की ड्र को विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आईडिको आधारमा गरिने कम्पनिले जनाएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नं १०० र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुनेछ । अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने डिशहोमले बताएको छ ।

प्रतिक्रिया