चितवनका कोरोना संक्रमितको मृत्यु

  • ध्रुवराज खनाल

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन कालिका नगरपालिका ५ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

श्वासप्रश्वास र निमोनियाका कारण भदौ २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनीमा शनिबार कोरोना पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा राखेर उपचार गर्दा गर्दै शनिबार बिहान ११:४४ बजे मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया