‘राष्टिय जनमुक्ति पार्टीको दबाब तथा खबरदारी मुलक साक्षात्कार’

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको संविधान २०७२ पुनर्लेखन गर्नुपर्ने माग गर्दै सुनसरीको धरानमा दबाब तथा खबरदारीमुलक साक्षात्कार कार्यक्रम गरेको छ ।

सरकारले असोज ३ गते संविधान दिवस उत्सवको रुपमा मनाउन आग्रह गरेको बेला राष्ट्रिय जनमुक्ति पार्टीले भने संविधानको पुनर्लेखनको माग गर्दै धरान लगायतका देशका बिभिन्न स्थानहरुमा खबरदारीसंगै साक्षात्कार कार्यक्रम गरेको हो । केहि स्थानमा बिरोध कार्यक्रम समेत गरेको सो पार्टीले जनाएको छ ।

सोही क्रममा आज धरान १२ मा पार्टीले आयोजना गरको सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष पालुङवाले तत्काली नेपाली कांग्रेस, एमाले माओवादी लगायतका पार्टीहरुले स्वागत गरेको दिनदेदि नै अहिलेसम्म दिप प्रज्वलन गरिरहेको भएपनि आफ्नो पार्टीले आजको दिनलाई कालो दिनको रुपमा नै मनाउने बताए ।

अन्य पार्टीहरु आजको दिनलाई संविधान दिवसको रुपमा मनाउन र राष्ट्रिय ढुकुटीबाट खर्च तल्लीन रहेकोले आफूहरुले यस प्रकारको संविधान दिवस मनाएकोप्रति आपत्ति जनाएको उनको भनाई छ । अध्यक्ष पालुङवाले आजको दिन विरोध स्वरुप हरेक स्थानमा फरक फरक तवरले कार्यक्रम गरेको बताए ।जसअन्तर्गत पार्टीले केन्द्रदेखि जिल्ला तहसम्ममा कुनै स्थानमा भर्चुअल तथा अन्य विभिन्न तरिकाले विरोधसँगै साक्षात्कार गरिएको रहेको उनको भनाई छ । पालुङवाले संविधानमा आएका कमीकमजोरी बारे सचेत गराउनका लागि चुनावमा भाग लिने गरेको तर्क गरे । संविधान उत्कृष्ट छ भन्नेपार्टी भित्र पनि संविधाबारे असनतुष्टि रहेको उल्लेख गरे ।

त्यस्तै सोही साक्षात्कार कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बिष्णु थाम्देनले संविधानप्रति सबैको अपनत्व गर्न संविधान पुनर्लेखन गर्नुको विकल्प नभएको बताए । संविधानमा धेरै त्रुटीहरु रहेको उल्लेख गर्दै उनले त्यसमा रहेका त्रुटीहरुलाई सच्याउन संशोधनले मात्रै नपुग्ने भएकोले पुनर्लेखनको आवश्यक रहेको तर्क गरे ।

घरघरमा राष्ट्रिय झण्डा राखेर र दिपावली गरेर संविधान दिवस मनाउन सरकारले आह्वान गरेपनि आफ्नै पार्टीका कार्यकर्ताहरुले समेत झण्डा नराखेको उनको दाबी थियो ।

राष्टिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति सभापति विबेक राईको अध्यक्षतामा समपन्न कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवा, केन्द्रीय सचिव बिष्णु थाम्देन, अग्रज पत्रकार हर्ष सुब्बा, भवानी बराल तथा राजेश बिद्रोही, जनकऋिणी राई लगायत ३० जनाको उपस्थिती रहेको थियो । कार्यक्रम समापनसंगै सो पार्टीले संविधान दिवस असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया