रौतहटकी संक्रमित महिलाको चितवनमा मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित रौतहटकी एक महिलाको आज बिहान मृत्यु भएको छ । रौतहटको चपुर नगरपालिका वडा नं ५ बस्ने ५१ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा उच्च रक्तचाप र थाइराइड सम्बन्धी समस्या थियो । उनी अस्पताल आएदेखि नै आइसीयूमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया