मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडाैं । भाेलि (शनिबार) संविधान दिवसकाे अवसरमा २८९ कैदीबन्दीकाे कैद माफी मिनाहा हुने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्ने भएकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसहित कैद भुक्तान हुन बाँकी २८९ कैदीबन्दीकाे माफी मिनाहा गरेकी हुन् ।

‘नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्काे सिफारिसमा हेमराज तुम्बाहाम्फेसमेतका २८९ जना कैदीहरूकाे भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएकाे छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेकी छिन् ।

प्रतिकृयाहरु
Loading...