उपत्यकामा दिनहुँ बढ्दैछ संक्रमण, शुक्रबार मात्रै ८५९ जनामा संक्रमण पुष्टि

काठमाडौं । आज (शुक्रबार) काठमाडौं उपत्यकाभर ८५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।

काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

याेसँगै उपत्यकामा कुल संक्रमित संख्या १४ हजार २७९ पुगेकाे छ । काठमाडाैंमा ११ हजार ७४६, ललितपुरमा १३ हजार ४७ र भक्तपुरमा १ हजार ८६ संक्रमित संख्या पुगेकाे छ ।

आज देशभर २ हजार २० संक्रमित थपिएका छन् ।

प्रतिक्रिया