नेपाल आउँदै गरेका रेल कहिलेदेखि सञ्चालन हुन्छन् ? यस्तो छ भाडादर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका पानी जहाज र रेल सञ्चालन गर्ने भनेर भाषण गरेका थिए । आज उनै प्रधानमन्त्री ओलीले गरेका भाषणले सार्थकता पाउँदै छन् ।

कुर्था–जनकपुरधाम र भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज (शुक्रबार) नेपाल आइपुग्दैछ । धेरै लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः सञ्चालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन नेपाल ल्याइदैँछ ।

फोटो: पप्पु यादव जनकपुर

योे रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ । रेल सञ्चालनका लागि करिब २ महिना समय लाग्ने छ ।

नेपाल आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलको भाडा ४ देखि ५ सय रुपैयाँ भाडा प्रस्ताव गरिएको छ ।

रेलवे कम्पनीको महाप्रबन्धक गुरु प्रसाद भट्टराईले रेल सञ्चालनका लागि १\२ महिना समय लाग्ने र कोरोनाको महामारी सकिएपछि रेल सञ्चालन हुने बताए ।

उनले भने, ‘हामीले मन्त्रालयलाई भाडा तोकेर निर्धारणको लागि पठाएका छौं । नेपालमा आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलमा ४ सयदेखि ५ सयसम्म हुने गरी प्रस्ताव पठाएका छौं । सायद यो भाडा रेट परिवर्तन हुँदैन होला ।’

नपाल आउँदै गरेको रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ । विभागका अनुसार उक्त रेलमा १ हजार ३ सय सिट क्षमता रहेको छ । रेलमा दुबैतिर इन्जिन भएकोले फर्काइराख्नु पर्दैन ।

सो रेलको स्पिड प्रतिघण्टा ११० किलोमिटर रहेको छ । भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको रेल विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया