देवचुलीका ३१ वर्षीय संक्रमितको सीएमसीमा मृत्यु 

चितवन । चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासी देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

२६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचाररत उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया