आज असोज २ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा,२१ घडी १८ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–उत्तरफाल्गुनी,०९ घडी ०३ पला,बिहान ०९ बजेर २८ मिनेट उप्रान्त हस्त । योग–शुक्ल,४७ घडी ४७ पला,बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त ब्रम्ह । करण– बव,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त बालव,रातको ०१ बजेर ३६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान ३० घडी ३१ पला । चन्द्रोदय। अधिक मास (मलमास) प्रारम्भ। अपूप दान सुरु। मत्स्यनारायण मेला प्रारम्भ।

आजको बार बेला ।
बिहान ५ बजेर ५१ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर ५२ मिनेटदेखी बिहान ७ बजेर २२ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर २३ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २५ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २६ मिनेटदेखी बिहान ११ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ५८ मिनेटदेखी दिउसो १ बजेर २८ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर २९ मिनेटदेखी दिउसो ३ बजेर ०० मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ०१ मिनेटदेखी साझ ४ बजेर ३२ मिनेटसम्म चर बेला ।
साझ ४ बजेर ३३ मिनेटदेखी बेलुकी ७ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला

राहुकाल
बिहान १० बजेर १५ मिनेटदेखी बिहान ११ बजेर ५६ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग तथा बन्द व्यापारमा समय लगानी गरि सामान्य धन आर्जन गर्न सकिनेछ । विशेष गरि औषधीजन्य,खाद्यान्न र निर्माण सामाग्री सम्बन्धीत पेशा व्यावासायमा समय खर्चनेहरुले धन सम्पती आर्जन गर्न सकिनेछ । राज्यलाई सामान सप्लाई तथा राज्यको नजिक भई काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमुखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक सामानको व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक समय रहनेछ । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुन सक्छ । आफन्त,साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रुपैया पैसा कमाउने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा अगि आउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । साथीभाई तथा शुभचिन्तकहरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडी छोड्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा सम्पन्न नगरिदिदा महत्वपूर्ण कामहरु थाति रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तव्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया