अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी नेपाली बजारमा, कति छ मूल्य ?

प्रमुख विशेषताहरू :
– अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी
– ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग प्राप्त–सेग्मेन्टमै सुरक्षित
– इम्प्याक्ट २.० डिजाइन अन्तर्गत निर्मित
– शक्तिशाली १.२ लिटर रेभोटर्न पेट्रोल इन्जिनमा उपलब्ध

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रविधि मार्फत आजदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रूपमा यसैबर्षको सुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटा अल्ट्रोजको सुरुवाती मूल्य रु २९,९९,०००÷– (उनन्तिस लाख उनान्सय हजार मात्र) तोकेको छ । साथै सिप्रदीले आजदेखि नेपालभरिका सबै डिलरहरूमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ पनि खुल्ला गरेको छ ।

टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एक मात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन् ।

टाटा मोटर्सका प्यासेन्जर भेहिकल–इन्टरनेसनल बिजनेस हेड सुजन रोयले भने,“अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट हामीले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेका छौँ । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पु¥याउनेमा हामी ढुक्क छौँ । साथै अबका दिनमा अझै सोरुमहरुको बिस्तार गरी नेपालमा नयाँ प्रोडक्ट पोर्टफोलियो बिस्तार गरिनेछ र अबका दिनमा हामी मागको प्रकृतिअनुरूप नयाँ प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै जानेछौँ ।”

सिप्रदी ग्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने,“नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौँ । यो हाम्रो लागि महत्त्वपूर्ण चरण हो किनकि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौँ । नयाँ मोडलका गाडीहरूले क्लास लिडिङ्ग डिजाइन, सुरक्षित, प्रविधियुक्त र ड्राइभिङ्ग डाइनामिक्सलाई पुनःपरिभाषित गर्दछ । त्यसैले गर्दा हामी हाम्रा ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादनहरू सार्वजनिक गर्दै लैजानेछौँ । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य हुनेछ ।”

गाडी विविध किसिमका सुविधा र विशेषताहरूले भरिपूर्ण छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पी.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेको मल्टि ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ ।

साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ ।

आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्री डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका अति उत्कृष्ट विशेषताहरू रहेका छन् । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा ए.बि.एस, इ.बि.डि., सि.एस.सि. र डुवल एअरब्यागहरु रहेका छन् ।

 

 

प्रतिक्रिया