चाडपर्बमा नबिल बैंकको मुद्दती खाता र कर्जामा आकर्षक योजना

काठमाडौँ । नबिल बैंकले कोरोना कहरका कारण कठिनाईमा रहेका नेपालीहरुको मुहारमा मुस्कान ल्याउन व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउनेछ भन्ने बैंकले आशा गरेको छ ।

सो योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्दैछ । २ वर्ष भन्दा माथि र ५ वर्ष सम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ बर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।

साथै, कर्जा अन्तर्गत घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशकत , साना तथा मझौला कर्जामा रु एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र रु एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया