डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१)मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो ।

नयाँ मूल्य आजैदेखि लागू भएको छ । अब नयाँ मूल्यअनसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

प्रतिक्रिया