कुलमान घिसिङको कार्यकाल नथपेको भन्दै धरानमा सरकार विरुद्ध प्रदर्शन

धरान। कुलमान घिसिङको कार्यकाल थप नगरेको भन्दै सुनसरीको धरानमा सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा आज बुधबार प्रदर्शन अभियानका अभियन्ता हर्क साम्पाङको नेतृत्वमा प्रर्दशन गरिएको हो ।

नेपाललाई लोडसेडिङमुक्त बनाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति नगरेको भन्दै धरानमा प्रदर्शन भएको छ । पुनः घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रदर्शनकारीहरुले माग गरेका छन ।

प्रर्दशनमा हटयो देशको तुवाँलो, कुलमान देशको उज्यालो, भ्रष्टहरू पटकपटक, कुलमान किन एकै पटक लगायतका नारा लगाउँदै सरकारको विरोध गरिएको थियो ।

कार्यकारी निर्देशकको रुपमा चार वर्ष पूरा गरेका कुलमान मंगलबारदेखि विद्युत प्राधिकरणबाट विदा भएका छन् । नेपालमा १८ घण्टासम्म दैनिक लोडसेडिङ भइरहेको बेला प्राधिकरणमा नियुक्ति पाएका घिसिङले लोडसेडिङ अन्त्य गरी देशलाई नै उज्यालो बनाएका थिए ।

प्रतिक्रिया