वीपी प्रतिष्ठानमा ३५ वर्षीय संक्रमित पुरुषको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ३ निवासी ३५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ६ः१० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना भएका थिए । उनी मिर्गौलाको समस्या रही हप्तामा २ पटक डायलासिस गर्दै आएका थिए ।

मृतकको शव व्यवस्थाका लागि आवश्यक तयारी भइरहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया