पोखराका २८ सहित गण्डकीमा बिहानै थपिए ५० संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जनाका कोरोना देखिएको छ ।

बिहान ५० थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१६६ पुुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया