सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन  केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।

प्रतिक्रिया