वीपी प्रतिष्ठानमा उपचाररत धरानका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।

वीपी प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–१७ का ७० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुष उच्च रक्तचाप र मुटुका बिरामी थिए । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनीमा भदौ २८ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आज (मंगलबार) दिउँसो २:२० मा मृत्यु भएको हो । शवको व्यवस्थापन पनि आजै गरिने वीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

प्रतिक्रिया