सिटिजन्स बैंकद्वारा स्क्यान र वीथड्र सेवा सुरु

काठमाडौं । विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र वीथड्र सेवाको सुरुवात गरेको छ । स्क्यान र वीथड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ । निकट भविष्यमा यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए । नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान र वीथड्र सेवा प्रयोगमा ल्याईएको हो । यसको प्रयोगसँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने\झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटी लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरसको महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकको डेविट कार्ड नेपालभरिका कुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना संचालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय १० वटा शाखा, ९८ वटा ए.टि.एम. र १ सय ४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयास गरिरहेको छ ।

 

प्रतिक्रिया