गण्डकी प्रदेशमा आजै मात्रै थपिए ५१ संक्रमित, थप २ जनाकाे मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३ हजार ११७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा आज (मंगलबार) थप ४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३१ सय नाघेको हो ।

थपिएका सबै संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । उनीहरू सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेकाे जानकारी दिइएकाे छ । आजै बिहान मात्रै ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

त्यस्तै पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका- का ७० बर्षीय पुरुषको पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा साेमबार राति ११:२० बजे मृत्यु भएको हाे । भदाै २५ गते अस्पताल भर्ना भएका उनीमा २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सरको बिरामी थिए ।

यस्तै गोरखा जिल्ला, बारपाक सुलिकोट-८ स्थायी ठेगाना भएकी ६३ बर्षीय महिलाको पनि भदाै २९ गते श्री वीरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा मृत्यु भएको छ । उनीमा भदाै २५ गते कोरोना पुष्टि भएको थियो । उनी क्यान्सर रोगी समेत थिइन् ।

याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेकाे छ ।

प्रतिक्रिया