जग्गाको कित्ताकाट कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको गर्ने निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

२०७४ साल देखि बन्द रहेको कित्ताकाट यहि भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले नै कित्ताकाट फकुवा गरेको थियो ।

प्रतिक्रिया