मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रदेश १ मा ४६ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (आईतबार) ४६ संक्रमित थपिएका छन् । संक्रमित मध्ये २० महिला र २६ पुरुष छन् । नयाँ थपिएसँगै कूल संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ ।

आज थपिएका मध्ये मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्रै आज ३८ जनामा संक्रमण देखिएको छ । आज संक्रमित भएका मध्ये १८ महिला र २० पुरुष छन् । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज नै ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबैै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृयाहरु
Loading...