गण्डकीमा फेरि थपिए २९ जना कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा फेरि थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा लमजुङका १० जना, नवलपरासी पूर्वका ६ जना, गोरखाका ७ जना, स्याङजाका एक जना र तनहुँका ५ जना रहेका छन् । सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया