प्रदेश नं. १ कोरोना अपडेट : थप ३ जनाको मृत्यु, ७७ संक्रमित थपिँदा ३६ डिस्चार्ज

•सुजाता लिम्बू

विराटनगर । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)बाट थप ३ जनाको मृत्यु भएको छ ।

मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको हो । प्रदेश नं. १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नं. १ मा शनिबार (आज) ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । विराटनगरमा आज ४६ जनामा संक्रमण देखिएको छ ।

२१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचामा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ । प्रदेश नं. १ मा आज नै ३६ जना डिस्चार्ज भएका छन् ।  कालिसदन आईसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश नं. १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ । प्रदेश नं. १ मा आज १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ ।

परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया