स्यानिटाइजरमा विषाक्त मिसाउने पाँच कम्पनीलाई कारबाहीको सिफारिस

काठमाडौं । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त पदार्थ मिसाइएको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ ।

विभागले काठमाडौंका चार कम्पनी र भक्तपुरको एक कम्पनीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको हो ।

विभागले सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग (भक्तपुर)ले उत्पादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, हाइजेनिक सप एण्ड केमिकल प्रालि (काठमाडौं)ले उतपादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, आधर केमिकल एण्ड फूड इन्डस्ट्रीज (काठमाडौं)ले उत्पादन गरेको एडभान्स हेन्ड सेनिटाइजर, सर्च केम कम हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखि हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने सूर्यमुखि ह्याण्ड सेनिटाइजर कम्पनीले उत्पादन गरेको सेनिटाइजरमा विषाक्त पदार्थ मिसाइको कारण कारवाही लागि पत्रचार गरिएको औषधि व्यवस्था विभागका प्रशासक नवीन मैनालीले बताए ।

उनका अनुसार ती कम्पनीहरुको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन ‘मिथानोल’ समावेश भएको पाइएको थियो । उक्त रसायनले स्वास्थ्यमा गम्भीर असर गर्नेछ ।

 

प्रतिक्रिया