पोखरामा स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यदरा जारी विज्ञप्तिमा अनुसार आइसीयुमा भर्ना भएका पुरुषको बिहान ६ः३२ बजे मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने यस अस्पतालमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया