‘द आर्ट अफ लिभिङ नेपाल’ले बाल दिवसमा विशेष कार्यक्रम गर्ने

धरान । द आर्ट अफ लिभिङ नेपालले बाल दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । पत्रकारहरु माझ भर्चुअल अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी आगामी बाल दिवसमा बाल विशेष कार्यक्रम गर्ने जनाएको हो ।

सुनौलो भविष्यतर्फ उन्मुख रहेका बालबालिकाहरु यस कार्यक्रममा उपस्थित हुन सक्नेछन् । उनीहरुले आफ्नो जीवन यात्रा र यात्रामा सिकेका अनुभवहरु व्यक्त गरुन् भन्ने उदेश्यले भाद्र २९ गते बाल दिवसको अवसरमा साझ ४ बजेदेखि ६ बजेसम्म जुम एपमार्फत सो कार्यक्रम गर्ने लागिएको हो । देशभरिका बालबालिकाहरुका लागि यो कार्यक्रममा राखिएका प्रस्तुती प्रेरणादायी हुने द आर्ट अफ लिभिङ नेपालको बुझाई छ ।

यसका साथै बालबालिकाहरुका हकहितका लागि गर्न लागेको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीताका लागी समेत अपिल गरिएको छ ।  सोही कार्यक्रममा सानै उमेरमा आफ्नो सुरिलो आवाजले सबैको मनमा बस्न सफल ‘जी टिभी रियालीटी शो’ सारेगामा लिटिल च्याम्सका प्रतिस्पर्धी आयुष के.सी लगायतका बालबालिकाहरुले आफनो अनुभव सेयर गर्ने कार्यक्रम रहेको छ । आयुष राष्ट्रिय तहमा आयोजित सुरमाला आइडलका विजेता समेत हरेका हुन् ।त्यसैगरी नेपालको यू–१९ क्रिकेट टिमका क्याप्टेन रोहित कुमार पौडेल कार्यक्रममा सहभागि रहनेछन् । बालबालिका भनेका भविष्यका कर्णधारहरु हुन् । जब बालबालिकाहरुका हक अधिकार र शैक्षिक आवश्यकता पूरा गर्न सकिन्छ तब मात्र हामी उज्वल भविष्यको परिकल्पना गर्न सक्ने र उमेर छदै बालबालिकाहरुलाई सही दिशा दिन सक्यौं भने अवश्य नै उनीहरुपछि गएर जीवनमा सफलता हासिल गर्न सक्ने कुरा द आर्ट अफ लिभिङ नेपालको बुझाई छ ।

त्यसैले पनि सांस्कृतिक, आध्यात्मिक र मानविय मूल्यलाई आत्मसात गर्दै यस कार्यक्रमले बालबालिकाहरुका सिर्जना, कला तथा अनुभवहरुलाई प्रस्तुत गर्ने मौका दिई उनीहरुलाई प्रोत्साहित गर्नेछ । यसका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग अहिले रहेका बालबालिकाहरुका हालको अवस्था, उनीहरुका आवश्यकता पूर्तिमा आउने समस्याहरु तथा निकट भविष्यमा रहेका अवसरहरुका बारेमा पनि चर्चा गरिने छ ।द आर्ट अफ लिभिङ फाउन्डेसन १५६ देशहरुमा संचालित एक गैर नाफामूलक, शैक्षिक र मानविय संस्था हो । जुन विश्व प्रसिद्ध मानविय र आध्यामिक गुरु पूज्य श्री श्री रविशंकरद्धारा स्थापना भएको हो । यस संस्थाको मूख्य उद्देश्य रोगमुक्त शरि, तनावमुक्त मन र हिंसारहित समाजको निर्माण गर्नु नै रहेको छ ।

संस्थाले नेपालमा आर्ट अफ लिभिङ आर्ट एक्स्केल अन्तर्गत ८ देखि १३ बर्षसम्म र १४ देखि १८ बर्ष उमेर समूहका बाल बालिका र किशोर किशोरीहरुका लागी काम गर्ने क्लब पनि हो । द आर्ट अफ लिभिङले विगतका धेरै वर्षदेखि १८ वर्ष उमेरका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया