धरान: पाचौं बास्केटबल ट्यालेण्ट हण्ट सकियो

धरान । सुनसरीको धरानमा तीन हप्तासम्म सञ्चालन भएको ‘पाचौं संस्करणको बास्केटबल ट्यालेन्ट हण्ट’ समापन गरिएको छ । धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको बास्केटबल ट्यालेन्ट हण्ट डिपोट मावि परिषरमा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

गत साउन १ गतेदेखि धरान १६ स्थित इन्डोर बास्केटबल कोर्टमा उक्त ट्यालेन्ट हण्ट सञ्चालन भएको थियो । ट्यालेन्ट हण्टमा धरानका निजी तथा सामुदायिक विद्यालयका २४ जना सहभागी भएको संघका सचिव तथा प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।

समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर तिलक राईले खेलकूद स्वास्थ्यको लागि अपरिहार्य रहेको बताएका थिए । त्यस्तै एन्फा प्रदेश १ का सचिव नविन राईले धरानलाई खेलकूदको शहर भनेर चिनाउन बास्केटबलको महत्वपूर्ण भूमिका रहेको बताए । राईले धरानमा बास्केटबल र फुटबल जस्तै अन्य खेलहरुको समेत गतिविधि हुन जरुरी रहेको धारणा राखे ।धरान बास्केटबल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघ केन्द्रिय उपाध्यक्ष सुरज लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धरान उप महानगरपालिकाका युवा तथा शिक्षा महाशाखाका प्रमुख रमेश शाह, डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राई, बास्केटवल संघ सुनसरीका सचिव गौरवमान श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । त्यस्तै प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकाश चाम्लिङ्ग राइको नेतृत्वमा राष्ट्रि«य महिला बास्केटबल टोलीले सम्पन्न १३ औ सागमा पदक हात पारेको थियो ।

प्रतिक्रिया