फरवार्ड इन्टरप्राइजेजको ११ औं बार्षिक साधारणसभा सम्पन्न

सुनसरी । फरवार्ड इन्टरप्राइजेजको ११ औं बार्षिक साधारणसभा भर्चुवल माध्यमबाट सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाको प्रमुख अतिथि संघिय सांसद तथा महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल रहेकी थिइन् ।

उनले कार्यक्रममा बोल्दै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा पुर्याएको आर्थिक शशक्तिकरण अभियानले ठूलो टेवा पुर्याएको तर्क गर्दै फरवार्ड इन्टरप्राइजेजले पनि ग्रामिण क्षेत्रमा रहेका जनताको आर्थिक स्तर उकास्न सहयोग पुग्ने विस्वास व्यक्त गरीन् ।

कार्यक्रममा बोल्दै फरवार्ड ईन्टरप्राइजेजकी सञ्चालक समिति अध्यक्ष भगवती चौधरीले फरवार्ड इन्टरप्राइजेज मार्फत देशका सातै प्रदेशमा मार्ट स्थापना गर्ने लक्ष्य लिइएको र चाडैं प्रदेश १ को सुनसरीको दुहवीमा फरवार्ड मार्ट शुरु हुन लागेको बताइन् ।

अध्यक्ष चौधरीले फरवार्ड मार्टमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तुहरुको बजारीकरण गर्न सहयोग गर्ने, फरवार्डमा आबद्ध सदस्यहरुलाई सर्वसुलभ रुपमा घरायसी तथा दैनिक उपभोग्यका वस्तुहरु उपलब्ध गराउने तथा युवाहरुलाई रोजगारीको सृजना गर्ने उद्देश्य लिएको बताइन् ।

‘फरवार्ड इन्टरप्राइजेजले सञ्चालन गर्ने फरवार्ड मार्टले आफ्ना ग्राहकलाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यका सामग्रीहरु उपलब्ध गराउनेछ भने, स्थानीय तहमा उत्पादित कृषि तथा कृषिजन्य वस्तुहरुको बजारीकरण गर्ने र युवाहरुलाई रोजगारीको सृजना पनि गर्नेछ ।’ चौधरीले भर्चुवल साधारण सभामा भनिन् ।

भर्चुवल साधारण सभामा अधिबक्ता ठाकुर प्रसाद आचार्य, बासुदेव गौतम, आश नारायण चौधरी, डा. श्याम किशोर महतो, शान्ति बस्नेत अधिकारीले समेत मन्तव्य राखेका थिए ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष भगवती चौधरीद्वारा आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षक प्रतिबेदन पास गरेको थियो । भने, कम्पनीको नयाँ सञ्चालक समिति पनि छनौट गरेको छ ।

साधारण सभाले भगबती चौधरीको अध्यक्षतामा शान्ति बस्नेत (अधिकारी) डा. श्याम किशोर महतो, धर्मेन्द्र कुमार सिंह, द्रब्यराज चौधरी र बासुदेव गौतमलाई सञ्चालकमा सर्वसम्मत चयन गरेको छ ।

कम्पनीले फरवार्डका कर्पोरेट संस्थाका सरोकारवाला तथा ग्राहक सदस्यहरुलाई संरक्षणका गर्न बिभिन्न किसिमका कृयाकलाप सञ्चालन गर्ने, सपिङ कम्प्लेक्स, डिपार्टमेन्ट स्टोर, मार्ट, होटल रेष्टुरेन्ट र सिनेमाहल समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया