झुम्का कारागारका कोरोना संक्रमित कैदीको वीपी प्रतिष्ठानमा निधन

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचाररत झुम्का कारगारका कैदीको कोरोना पोजेटिभबाट मृत्यु भएको छ । आज बेलुकी ४ः३० बजे रामधुनी ५ झुम्काका ४३ वर्षिय पुरुषको निधन भएको हो ।

विगत १ वर्ष देखि झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका ती पुरुषलाई इनरुवा जिल्ला अस्पताल, सुनसरीले वीपी प्रतिष्ठान रिफर गरेको थियो । कारागारमा रहँदा विगत १० दिन देखि ज्वरो आएको २ दिनदेखि खोकी र श्वासप्रश्वासमामा कठिन भएको जानकारी प्राप्त भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

आजै प्रतिष्ठान भर्ना भएका ती पुरुषका पिसिआर टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । बिहान ११.५४ मा इमर्जेन्सीमा भर्ना भएका थिए ।

हाल शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै कोरोना संक्रमितको उपचारको क्रममा प्रतिष्ठानमा निधन हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया