कामना बैंकले सुरु गर्यो ‘केएसबीबीएल साेसल मिडिया बैंकिङ’ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘केएसबीबीएल सामाजिक सञ्जाल बैंकिङ’ सेवा सुरु गरेको छ । याेसँगै कामना बैंकका सबै सेवाहरू घरै बसेर प्राप्त गर्न सक्ने भएका छन् ।

ग्राहकहरूले अब भाइबर, मेसेन्जर प्लेटफर्मबाट सजिलैसँग बैंकिङ सेवाहरू लिन सक्ने बैंकले जनाएकाे छ । यस प्लेटफर्मको माध्यमबाट ग्राहकहरूले आफ्नो खाताबारे जानकारी लिन, मिनी स्टेटमेन्ट प्राप्त गर्न, एटीएम र शाखा स्थानहरूबारे सिधा जानकारी प्राप्त गर्न सक्नेछन् ।

भाइबर प्रयोगकर्ताहरूले बैंकद्वारा प्रदान गरिएको QR कोड स्क्यान गरेर र फेसबुक प्रयोगकर्ताहरूले बैंककाे अफिसियल फेसबुकमा म्यासेज पठाएर उक्त सेवा सुचारू गर्न सक्नेछन् ।

प्रतिक्रिया