सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि वृद्धि भएको सुनचाँदीको मूल्य फेरि घटेको हो । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा कारोबार भएको थियो । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया