आजबाट यात्रुलाई काठमाडौं आउन र जान नयाँ नियम, के छ प्रक्रिया ?

काठमाडौं । आजभन्दा अगाडि केही काम पर्दा काठमाडौं उपत्यका आउन र उपत्यकाबाट आफ्नो गाउँ वा अन्य कुनै कामले बाहिरी जिल्ला जान परेमा काठमाडौं प्रशासनबाट सहजै पास पाउने व्यवस्था थियो ।

कोरोना संक्रमणको कारण यसअघि अत्यावश्यक कामका लागि काठमाडौं बाहिर जाने सवारी साधानका लागि सहजीकरण गर्दै आएकोमा अब नयाँ नियम लागू भएको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सवारी पासमा विषेश निगरानी गरिने बताए । अब काठमाडौं उपत्यका प्रवेश गर्न चाहनेले जिल्ला प्रशानबाटै अनुमति लिएको हुनुपर्ने प्रजिअ दाहालले जानकारी दिए ।

‘उपत्यका बाहिरबाट आउने यात्रुहरुलाई अब विशेष निगरानी हुन्छ । अब काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले आफैँ उपस्थित भएर तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजपत्र, जान चाहेको जिल्ला प्रशासन कार्यालयको अनुमति पत्रलगायतको सिफारिस अनिवार्य गरिएको छ,’ दाहालले मकालु खबरसँग भने ।

पछिल्लो दिनमा उपत्यका प्रवेश गर्नेको संख्या वृद्धि भएको र काठमाडौंका कोरोना संक्रमितहरुको सख्या वृद्धि भएकोले पास वितरणमा कडाई भएको हो ।

प्रशासनले हिजो एक सूचना निकालेर सवारी पासमा आजदेखि कडाई गर्ने भएको हो ।

प्रतिक्रिया