मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पानीमा डुबेर दुई जनाको मृत्यु

लहान । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

सिरहाको अर्नामा गाउँपालिका-३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मिर्चैया नगरपालिका-९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ । तत्काल सनाखत हुन नसकेको अन्दाजी २२ वर्षीया ती युवतीको शव दहको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

प्रतिकृयाहरु
Loading...