सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अस्पताललाई चेक हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश ५, नेपालगन्जको स्थित भेरी अञ्चल अस्पताललाई ३ लाको चेक हस्तान्तरण भएको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाई ७२ शैयाको काेिभड अस्पताल बनाउन सहयोग पुग्ने, साथै काेिभडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्नेछ ।

उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खड्काले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्त्तरण गरेका छन् । उक्त उद्घाटन कार्यक्रममा प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिती रहेको थियो ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया