आइतबारबाट वीपी प्रतिष्ठानको ओपीडी सुचारु हुने

धरान । कोरोना संक्रमण जोखिमका कारण बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी आइतबारबाट सुचारु हुने भएको छ । गत साउन २८ गतेदेखि बन्द गरीएको ओपीडी भदौ २८ गते आइतबारदेखि शुरु हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले एक सुचना प्रकाशित गरी स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउन खुकुलो बनाउँदै लगेको र जनजीवन सहज हुँदै गएकोले प्रतिष्ठानले ओपीडी सूचारु गर्न लागेको हो ।

प्रतिष्ठानले ओपीडी सूचारु गर्नका लागि चाहिने आवश्यक स्वास्थ्य सुरक्षाहरु अपनाएर सामाजिक दुरी कायम हुने गरी व्यवस्था मिलाएको छ । ओपिडी सेवा सुरु गर्दा स्वास्थ्यकर्मी र विरामीलाई कोरोना संक्रमण हुन नदिन आवश्यक पीपीई, मास्क, पञ्जासँगै साबुनपानीले हात धुने व्यवस्था गरीएको छ ।

प्रतिष्ठानले ओपीडी सेवा बन्द विभिन्न स्वास्थ्य सेवा लिन प्रदेश १ र छिमेकी मुलुक भारतबाट आउने विरामीहरुलाई सास्ती भएको थियो भने, प्रतिष्ठानको आम्दानीको स्रोत पनि खुम्चिएको थियो ।

प्रतिक्रिया