आईएमई लाईफ इन्स्योरेन्सले गर्यो २० लाख ६० हजार मृत्यु दावी भुक्तानी

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । आईएमई लाईफ इन्सुरेन्सले २० लाख ६० हजार मृत्यू दावी भुक्तानी गरेको छ । उक्त लाईफ इन्स्योरेन्समा बीमा गरेका सुनसरी धरान वडा नं. १६ का दिपक थापा मगरको मृत्यू भएपछि बिहीबार आईएमई लाईफ इन्स्योरेन्स धरान शाखामा एक कार्यक्रमको आयोजना गरी सो दुर्घटनाका पिडित परिवारलाई मृत्यु दाबी भुक्तानी गरिएकाे हो ।

आईएमई लाईफ ईन्सुरेन्सको धरान ९, पुतली लाईन गरिमा बिकास बैंक तल रहेको शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो २० लाख ६० हजार रकम बराबरको चेक भुक्तानी गरिएकाे एन्स्युरेन्सका एजेन्सी मेनेजर सन्दिप शाक्यले जानकारी दिए । रकम भुक्तानी कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेल, धरान शाखा प्रमुख ओम प्रकाश राई, एजेन्सी मेनेजर, सन्दिप शाक्य, मृतकका परिवार तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

गएको साउन १८ गते सुनसरीको ईनरुवामा मोटरसाईकल दुर्घटनामा परि दिपक थापा मगरको मृत्यु भएको थियो । दुई किस्ता बीमा रकम १ लाख ३५ हजार बुझाएका उनले १० लाखको बीमा गरेका थिए ।

सोही बीमा बापतको आईएमई लाईफ इन्स्योरेन्स शाखा कार्यालय धरानले बीमा बापतको रकम २० लाख र बोनस सहित ६० हजार गरी २० लाख ६० हजार दिएकाे इन्स्योरेन्सका धरान शाखा प्रमुख ओम प्रकाश राईले जानकारी दिए ।

चेक स्व. थापामगरका श्रीमती संगीता राई थापा मगर र उनका दुई छोराहरुले बुझेका थिए भने कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल, शाखा प्रमुख प्रकाश राई, एजेन्सी म्यानेजर सन्दीप शाक्यले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतिक्रिया