काठमाडौं आउन र घर जान नयाँ नियम, यस्तो छ जिल्ला प्रशासनको व्यवस्था (पत्रसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौं आवतजावतका लागि भोलिबाट नयाँ व्यवस्था गर्ने भएको छ ।
अब काठमाडौंका नाकाबाट आवतवजावत गर्दा थप कडाई हुने भएको हो ।

कोरोना संक्रमणको कारण यसअघि अत्यावश्यक कामका लागि काठमाडौं बाहिर जाने सवारी साधानका लागि सहजीकरण गर्दै आएकोमा अब नयाँ नियम लागू हुने भएको हो ।

काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले आफैँ उपस्थित भएर तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजपत्र, जान चाहेको जिल्ला, प्रशासन कार्यालयको अनुमति पत्रलगायतको सिफारिस अनिवार्य गरिएको हो ।

 

प्रतिक्रिया